काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलेको कुरा आलोचनायोग्य रहेको बताएका छन् ।
बुधबार संसद परिसरमा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले बोलेको कुरा सत्ता पक्षको सांसद भएपनि समर्थन गर्न नसकिने बताउदै उनको अभिव्यक्ति आलोच्य रहेको प्रतिक्रिया दिएका हुन् ।
उनले आजको संसद अवरोध गरिएको प्रति आलोचना गर्दै हिजो प्रधानमन्त्रीले बोल्दा हेक्का नपुराएको र आज प्रतिपक्षीले संसद अवरुद्ध गर्दा हेक्का नपुराएको टिप्पणी गरे । उनले मिटर ब्याजसम्बन्धि अध्यादेश आजै पारित नगरेर यो निष्क्रिय हुने अवस्था आएको भन्दै प्रतिपक्षी दलको आलोचना गरेका थिए ।