नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य



काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफको फाइनलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५०ओभरमा ९ विकेट गुमाउदै २६८ रन बनाएको हो ।


नेपालका लागि गुलशन झाले सर्बाधिक ५७ रन बनाए भने कुशल मल्लले ४४, अर्जुन साउदले ४८ रन बनाएका थिए । त्यस्तै सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९, भिम सार्कीले २० रन बनाएका थिए ।

त्यस्तै आयरल्याण्डका मार्क अदैर, ब्यारी म्याकगार्थी र क्रेग योंले २-२ विकेट लिए भने कर्टिस गाम्पर, गार्थी डलानी र एन्डी म्याकब्रिनले एक एक विकेट लिए ।