सरकार ढाल्ने खेलमा लागेका छैनौं : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् ।

मंगलबार बिहान कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताउदै सरकार ढाल्ने खेलमा नलागेको बताए ।


उनले भने- ‘हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ। तर, हामी अझै केही समय हेर्छौं। यही कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै ढंगबाट आवश्यक निर्णय लिन्छौँ ।’

एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अहिले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नलागेको प्रष्ट पारे ।

उनले भने, ‘सरकार ढाल्ने विषयमा हामी सहभागी छैनौँ। त्यसमा हाम्रो इन्ट्रेस्ट पनि छैन । अहिले हामी पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेका छौँ ।’

उनले सरकारले आर्थिक मन्दीलाई थाहा नपाए जस्तो अग्री बजेट ल्याएको भन्दै आलोचना गरेका थिए ।