श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु



दमक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन् । दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

लिम्बूमाथि प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । उनका अनुसार यही मङ्सिर १६ गते घरायसी झगडा हुदाँ लिम्बूले आफनै ४९ वर्षीया श्रीमती घनादेवी आचार्यलाई कुटपिट गरेको र घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ । प्रहरीले घटनाका बारे थप अनुसन्धान सुरु गरेको उनले बताए ।