प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मूल्य १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।


यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय ७० रुपैयाँ कारोबार भइरहेको छ ।