काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट बुधबार डिस्चार्ज भएर निवास फर्किएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत पौडेल डिस्चार्ज भएका हुन्।
असार २ गते अस्पतालमा भर्ना भएका पौडेल विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि डिस्चार्ज भएका अस्पतालका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
चिकित्सकहरूका अनुसार राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ।