बजेटको विपक्षमा मतदान गर्ने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले पार्टी बजेटको विपक्षमा उभिने निर्णय गरेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेटको पक्षमा समर्थन गर्न नसकिने बताए । प्रचण्ड नेतृत्वको सरकारबाट गत माघ २२ गते बाहिरिएपछि रास्वपा प्रतिपक्षको बेन्चमा उभिएको छ ।


प्रतिनिधिसभामा रास्वपाका २२ सांसद छन् । सरकारले आजै प्रतिनिधिसभाबाट बजेट पारित गर्ने प्रक्रिया अघि बढाउँदै छ ।