काठमाडौँ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्रेको छ। ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नक्सालस्थित निवासबाट पक्राउ हो।
ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको बताइएको छ। उनी प्रहरीको फरारको सूचीमा थिए। मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए।
उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ। २०७७ सालमा विशेष अदालतले व्यवसायी गुरुङसँग दुई करोड रुपैयाँ धरौटी मागेको थियो।