नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप एकजना पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले यस प्रकरणमा संलग्न रहेको अरोपमा आशीष बुढाथोकीलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका एसी सीताराम रिजालले बुढाथोकी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर उनीहरुसँग पैसा उठाउने कार्यमा संलग्न रहेको जानकारी दिए ।


यस प्रकरणमा पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो। प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो । केही अझै फरार छन् ।