काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ ।
इनारबाट पानी तान्ने मोटर निकाल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ रहेका छन् ।
सुरूमा दिपेन इनारमा पसेका र ननिस्किएपछि बचाउनका लागि जितेश पनि इनारमा पसेका थिए । इनार गहिरो भएकाले उनीहरूको शव निकाल्न समय लागेको थियो ।