ग्रिसमा कन्जरभेटिभ पार्टी विजयी



एथेन्स । ग्रिसको संसदीय निर्वाचनमा कन्जरभेटिभ न्यू डेमोक्रेसी पार्टीले जित हासिल गरेको छ । 

आइतबार देशभरका झण्डै ९० प्रतिशत मतदान केन्द्रको आधिकारिक नतिजाले सुधारवादी किरियाकोस मित्सोटाकिसको पार्टीले न्यू डेमोक्रेसी पार्टीले ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको देखाएको छ ।


उनको प्रमुख प्रतिद्वन्द्वी वामपन्थी सिरिजा पार्टीले १८ प्रतिशतभन्दा कम मत प्राप्त गरेको छ।

जितपछि मित्सोटाकिसले बलियो जनादेशको स्वागत गरेका छन् । उनले सम्बोधनमा जनताले सुरक्षित बहुमत दिएको बताए । ठूला सुधारका लागि अब छिटो अघि बढ्ने उनले प्रतिबद्धतासमेत जनाएका छन् ।

न्यू डेमोक्रेसीले संसदको ३०० सिटमध्ये १५७ वा १५८ सिट जित्ने अनुमान गरिएको थियो। मे महिनामा भएको पछिल्लो निर्वाचन समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत भएको थियो, जसमा पार्टीले ४१ प्रतिशत मत ल्याए पनि बहुमतबाट पाँच सिट घटेको थियो। 

ग्रीसमा पाँच हप्तामा दोस्रो पटक हिजो आम निर्वाचन भएको हो ।