काठमाडौँ । युएई आइसीसी क्रिकेट विश्वकप क्वालिफायरबाट बाहिरिएको छ । शुक्रबार सम्पन्न खेलमा स्कटल्याण्डसँग १११ रनले पराजित भएसँगै युएई सुपर सिक्सको दौडबाट बाहिरिएको हो ।
स्कटल्याण्डले दिएको २८३ रनको लक्ष्य पछाएको युएईले ३५.३ ओभरमा अल आउट हुदै १७१ रन मात्र बनाएको थियो ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले कप्तान रिचे बेरिन्घटनको १२७ रनको मद्दतले ५० ओभरमा ८ विकेट गुमाउदै २८२ रङ बनाएको थियो ।
यो जितपछि समुह बि मा स्कटल्याण्डले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो सम्भावना बलियो बनाएको छ ।
त्यस्तै युएई भने लगातार तीन हार बेहोर्दै आयरल्याण्डविरुद्धको समुह चरणको अन्तिम खेल नखेल्दै सुपर सिक्सको दौडबाट बाहिरिएको छ ।