नेपाल-चीन सीमा क्षेत्रको टिङ्ग्री काउन्टीको रोंसिया आसपासमा भीषण वर्षा,तामाकोशी नदी थुनिदा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

Looking back at Nayapul and Tamakoshi bridge


काठमाडौं । नेपाल चीन सीमा क्षेत्रको टिङ्ग्री काउन्टीको रोंसिया शहर आसपासमा भीषण वर्षापछि नेपाल चीन सीमा क्षेत्रमा भीषण पहिरो गएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

पहिरोले नदी थुनिन पुगेको भन्दै प्रशासनले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सचेत गराएको छ । शुक्रबार राति प्रशासनले जरुरी सुचना जारी गरी तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान र स्थानीय तहका पदाधिकारीका साथै नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन समेत अनुरोध गरेको छ ।