प्रस्तावित प्रधानन्यायाधीशसँग आज सांसदहरूको सवाल–जवाफ



काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ। 

हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज  बिहान ८ बजेका लागि बोलाइएको हो। समितिको आजको बैठकमा सवाल जवाफ हुने तय भएको छ ।


बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन्। सुनुवाइबाट अनुमोदन भएपछि उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। 

कामु प्रधानन्यायाधीश समेत रहेका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए ।