साैराहा । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन् । मङ्गलबार बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।
ओलीले १८०८ सय मत ल्याएका छन् भने भीम रावलले २२३ सय मत पाएका छन्। यससंगै नेकपा एमाले अध्यक्ष प्रणालीमा गएपछि लगातार दोस्रो पटक अध्यक्ष चुनिने ओली पहिलो नेता भएका छन् । यसअघि ओली नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई हराएर अध्यक्ष निर्वाचित भएका थिए । पहिलो कार्यकाल पार्टी अध्यक्ष हुँदा ओली दुई पटक प्रधानमन्त्री भएका थिए।