रुसविरुद्ध प्रतिआक्रमण सुरु भयो : जेलेन्स्की



काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयको प्रतीक्षा पछि रुसविरुद्ध प्रतिआक्रमण सुरु भएको पुष्टि गरेका छन् ।

उनले शुक्रबारदेखि नै प्रतिआक्रमण र रक्षात्मक कार्यहरू भइरहेको जनाएका छन् । तर जबाफी कारवाही कुन चरण वा राज्यमा छ भन्नेबारेमा केही खुलाएका छैनन् ।


युक्रेनको दक्षिण र पूर्वमा लडाइँ बढ्दै गएपछि युक्रेनले रुसी सेनाविरुद्ध प्रतिआक्रमण सुरु गरेको अनुमान पछि उनको यो भनाइ आएको हो । 

युक्रेनी सेनाले पूर्वमा बाख्मुत नजिक र दक्षिणमा जापोरिज्जियाको नजिक प्रगति गरेको र रुसी लक्ष्यहरूमा लामो दूरीको हमला गरेको दाबी गरिएको बीबीसीले जनाएको छ ।