अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालनमा



काबुल । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताएको छ ।

स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले उल्लेख गरेअनुसार मन्त्रीले भनेका छन् । ‘हाम्रो तर्फबाट देशमा महिलाद्वारा सञ्चालित व्यवसायमा कुनै समस्या छैन । महिलाद्वारा सञ्चालित ५ हजार आधिकारिक कम्पनी छन्,’ ।


तालिबानी सरकार महिला अधिकार विरोधी रहेको चौतर्फी आलोचनाका बीच यो विवरण सार्वजनिक भएको हो ।