काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । काठमाडौँ जिल्ला अदालतमा हिजो (आइतबार)देखि सुरु भएको थुनछेक बहस आज पनि हुने भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिल कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्र्डे लगायत अठारै जनालाई अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस सुरु गरेका थिए ।
सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि बाहिरै राखेर मुद्दा चलाउने भन्ने निर्णय लिइने छ ।