दाङ जिल्ला सभापतिमा चारजनाको नाम दर्ता



काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।

निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका हुन् । त्यस्तै दाङको क्षेत्र नं ३ का शङ्कर डाँगीले पनि मनोनयन दर्ता गराएका छन् । उनी हालका जिल्ला सचिव हुन् ।