काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । चितवनमा शुक्रबार राति बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय, पोलिट्ब्युरो ९९ सदस्यीय, स्थायी कमिटी ४५ सदस्यीय, पदाधिकारी १९ सदस्यीय, उपाध्यक्ष– ७, उपमहासचिव– ३, आयोगहरू २५ सदस्यीय, प्रदेश र जिल्लाको आधार संख्या ७५ राख्ने अध्यक्ष ओलीको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।