ओडिसा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, नाै सय बढी घाइते



काठमाडौं । भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ८० जनाको ज्यान गएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

रेल शुक्रबार राति चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।


उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।

केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवका अनुसार घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको उनले जानकारी दिए