प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा भैरहवाको एकीकृत सुख्खा बन्दरगाह शिलान्यास



काठमाडौँ । नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास भएको छ। 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त परियोजना निर्माणका लागि संयुक्त रुपमा शिलान्यास गरेका हुन्।


भारतको सहयोगमा उक्त परियोजना निर्माण सम्पन्न हुनेछ।