ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु



चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको मृत्यु भएको हो ।

लोथरबाट नारायणगढतर्फ गुडेको बाप्र०३–००१ख १८६३ नम्बरको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।