प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि शुक्रबार बस्न नसकेको संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजे बोलाइएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।


आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षका एक सांसदले पशुपतिनाथ मन्दिरको गजुरमा सुन भनेर पितलको जलहरी लगाएको आधारहीन आरोप लगाएको भन्दै नेकपा एमाले सांसदले बेल घेराउसहित विरोध गरेका थिए।सरकारबाट प्रष्ट जवाफ नआएसम्मसंसद्‌ अवरोध कायम रहने एमालेको अडान छ।