काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेटको मूल्य अनुचित रूपमा बढाउन लागेको भन्दै रोक्न सरकारसँग माग गरेका छन्।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रूपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिस्पर्धा गरिरहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ,’ सांसद् पौडेलले भने, ‘आम सेवाग्राहीलाई मार पर्ने गरी सेवाग्राहीको मल्टिपल छनोटको अधिकारलाई समेत बेवास्ता गरेर बजारलाई प्रतिस्पर्धाबाट विमुख गराउन पाइँदैन ।’
अनुचित रूपमा बढाउन खोजिएको इन्टरनेटको मूल्य रोक्न उनले माग गरे।