संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने



काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुबै सदनको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । उक्त वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभामा जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको छ ।


त्यस्तै राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ ।
दुबै सदनमा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।