आजको अवस्थालाई ठोस रुपमा सम्बोधन गर्नेगरी नीति कार्यक्रम आएको छैन : रास्वपा



काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ठोस कुरा नभएकाले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केही पनि नसमेटिएको बताए ।


यसबारे सदनमा छलफल हुने उनको भनाइ छ । ‘आजको अवस्थालाई ठोस रुपमा सम्बोधन गर्नेगरी नीति कार्यक्रम आएको छैन । यसमा सैद्धान्तिक छलफल गर्न आवश्यक छ,’ उनले भने ।