खुकुलाे निषेधाज्ञाः सडकमा बढ्दाे सवारी चाप



असार १ गतेबाट उपत्यकाको लकडाउनलाई केही सहज बनाएसँगै सडकमा सवारीसाधनको चाप बढ्न थालेको छ । विशेष गरेर कार्यालय समयमा राजधानीका मुख्य चोकहरुमा सवारीको लामो लाइन नै देख्न सकिन्छ । नयाँ बानेश्वर, कोटेश्वर, कलंकी, भद्रकाली, थापाथली लगायत क्षेत्रमा प्रहरीको जाँचले केही बेर ट्राफिक जाम नै हुने गरेको छ ।  

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको बैठकले असार १ बाट निषेधाज्ञालाई खुकुलो बनाउँदै खाद्यान्न पसल खोल्ने समय बढाउनुका साथै, अनलाइन डेलिभरी, टेक अवे सेवालगायत सञ्चालन गर्ने अनुमति दिएको छ ।


यसै वीचमा सुरू भएकाे मनसुनका कारणा देशका बिभिन्न भागमा अाएकाे बाढी पहिराेका कारण पनि राहत र उद्दारमा सरकारी तथा गैर सरकारी निकाय सक्रिय भएका छन । यसका कारण पनि सडकमा सवारीकाे चाप बढेकाे छ । खेतीपातीकाे सिजनका कारण पनि अब निषेधाज्ञाकाे माेडल बदल्ने सरकारी तयारी रहेकाे छ ।