कोशीमा माओवादी र जसपालाई सरकारबाट बाहिरिन कांग्रेसको आग्रह



विराटनगर । नेपाली कांग्रेस कोशी संसदीय दलले एमाले नेतृत्वको सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) लाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको छ ।

दलको आज (बिहीबार) विराटनगरमा बसेको बैठकले औपचारिक निर्णय गरी एमाले नेतृत्वको सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो ।


कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संघीय सरकारमा गठबन्धनमा रहेपनि कोशी प्रदेशमा भने एमाले नेतृत्वको सरकारलाई समर्थन रहिरहेकोले फिर्ता हुन लिखित आग्रह गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।