उपत्यकाका यी रुटमा चल्न थाले साझाका विजुली बस 



काठमाडौं । साझा यातायातले पाटनढोकाबाट सोमबारदेखि पाटनढोका–रत्नपार्क–चावहिल–बौद्ध–जोरपाटी हुँदै दक्षिणढोकासम्म विद्युतीय बस सेवा सुरु गरेको छ । सोमबार ललितपुर महानगरपालिकाका मेयर चीरिबाबु महर्जनले विद्युतीय बस सेवाको सुरुवात गरेका छन् । सुरुमा यो रुटमा तीन वटा बसले सेवा सुरु गरेका छन् ।

यो रुटमा १५ वटासम्म विद्युतीय बस चलाउने साझाको योजाना छ । चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५हजार ७३२ रुपैयाँ खरिद गरेको हो । साझाका अनुसार पहिलो लटमा ४० वटा बस आएका छन् ।