तीन जना ‘बडिबिल्डर’ खेलाडी सम्मानित



काठमाडौँ । नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी निर्मला महर्जन, पहिलो महिला ‘रेस्लर’ भगवती खड्का र बडिबिल्डर तथा सर्वाधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता उमेश राई रहेका छन् । सोही अवसरमा युवा उद्यमी विकास खड्गी, सङ्गीतकार आनन्द राई र समाजसेवी जेसिका चेम्जोङसहितलाई अभिनन्दन गरिएको छ ।


बागमती प्रदेशसभा सदस्य रमा आलेमगर र चन्द्रागिरि चेम्बर अफ कमर्शका अध्यक्ष रामनारायण घिमिरेले अधिवाह नेपाल नामक सामाजिक संस्थाद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान एवं अभिनन्दन गरेका छन् ।

संस्थाका अध्यक्ष रजनी श्रेष्ठ र सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठ (रमन)ले देशका प्रतिभालाई सम्मान गर्न पाएकामा गौरवान्वित भएको बताए ।