काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको प्रतिक्रिया दिएका छन् ।
आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने क्रममा खाँणले उक्त प्रकरणमा आफु संलग्न नभएको प्रतिक्रिया दिएका हुन् ।
सरकारी वकिल कार्यालयबाट निस्किदै गर्दा खाँणले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’
खाणलाई आइतबार दोस्रोपटक अदालतमा उपस्थित गराइएको हाे । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका खाणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिन लागेपछि थप समय लिन लागिएको हो । खाँणलाई बुधबार प्रहरीले उनकाे निवासबाट पक्राउ गरेको थियो ।