६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवा गर्न सिफारिस (सूचीसहित)



काठमाडौँ। नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा ६१ जना प्रहरी वरिष्ठ नायब निरीक्षकहरूलाई बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा बसेको बढुवा समितिको चैत ३१ गतेको बैठकको निर्णयअनुसार उक्त सिफारिस सूची सार्वजनिक गरिएको हो।


प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार उक्त सूची प्रकाशित गरिएको जनाइएको छ। नियमअनुसार तोकिएको प्रक्रियाबाट योग्य ठहरिएका प्रहरी अधिकृतहरूलाई सोही समूहतर्फको प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘जनपद प्रहरी समूहअन्तर्गत प्रहरी निरीक्षक पदमा बढुवा गर्न चैत ३१ गते बसेको बढुवा समितिको निर्णय अनुसार सिफारिस सूची प्रकाशित गरिएको छ।’

सिफारिस सूची नेपाल प्रहरी प्रधान कार्यालयको सूचना पाटी र वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here