११ वर्षीया बहिनीको हत्या गर्ने दाजु पक्राउ



काठमाडौँ । ललितपुरमा ११ वर्षीया बहिनीको हत्या आरोपमा प्रहरीले १५ वर्षीय दाजुलाई पक्राउ गरेको छ ।

गत शुक्रबार ललितपुरको खपिन्छेँ टोलस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्यांकीमा सडेगलेको अवस्थामा ११ वर्षीया दुर्गा बोहराको शव फेला परेको थियो ।


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले दुर्गाको हत्या गरेको आरोपमा प्रहरीले उनकै दाजुलाई पक्राउ गरेको जानकारी दिए।

पिआरसिबी ललितपुरको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा विभिन्न विधि र प्रविधिको प्रहरी गरी अनुसन्धान गर्ने क्रममा सो घटनामा मृतककै कान्छो दाइले हत्या गरेको खुल्न आएको उनको भनाइ छ ।

ललितपुर महानगरपालिका–१२ मंगलबजारबाट मृतकका दाइलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।

गत चैत २९ गते खपिन्छेँ टोलको घरको भुँइ तलामा रहेको प्रयोगविहीन सिमेन्टको ट्यांकीभित्र दुर्गाको शव फेला परेको थियो ।अनुसन्धान गर्ने प्रहरी अधिकृतका अनुसार घटना चैत ४ गते भएको देखिन्छ ।

अनुसन्धानको क्रममा दाजु बहिनिले नै लागूऔषधको ट्याब्लेट खाएको थियो र त्यसको नशामा आफू भएकोले त्यस्तो घटना हुन गएको कुरा बताएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

चैत ५ गते बिहान नशाले छोडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झिएपछि घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको र बहिनीको लास देखेपछि लास ट्याङ्किमा हालेर सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडिदिएको बयानमा बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here