हामी सबै शतर्क हुनुपर्छ, गणतन्त्र सुरक्षित छैन : चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राजावादीहरुको आन्दोलन हेर्दा अहिलेको व्यवस्था सुरक्षित नभएको भन्दै सबै शतर्क हुनुपर्नेमा जोड दिएका छन् । उनले यही चैत्र १५ गते काठमाडौंको तीनकुनेमा घटेको घटनाबारे विश्लेषण गर्दै गणतन्त्र सुरक्षित नभएको भन्दै गणतन्त्रपक्षधर सचेत हुनुपर्ने बेला आएको टिप्पणी गरेका हुन् ।

आज (शुक्रबार) सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् । तिनकुनेको प्रदर्शनबारे केसीले भने,‘अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ यो आन्दोलन आएको छ । संविधानभित्रका कतिपय कुराहरूमा त हाम्रो मतभेद हुनसक्छ, जनतामा प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो ।’


तिनकुने प्रदर्शनबारे संसदीय समितिले आज गृहमन्त्री रमेश लेखकलाई बोलाएर सोधपुछ गरेको हो । गृहमन्त्री लेखकले तिनकुने घट्नाको सरकारले निश्पक्ष र स्वतन्त्र छानबिन गर्ने विश्वास दिलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here