

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ टीका संग्रौला (ज्वाला) विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्याायधीशद्वय हरिप्रसाद फुयाल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भएको सो मुद्दामा कारण देखाउ आदेश जारी भएको हो ।
रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि उनले सामाजिक सञ्जालमा न्यायाधीशविरुद्ध लेखेकी थिईन् । उनले भनेकी थिईन, ‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनु पर्या छ ।’


उनको सो अभिव्यक्तिविरुद्ध प्रान्जवल केसीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
