वीरगञ्जमा दुई समुदायबीच भएको झडपको घटनाबारे पाँच बुँदे सर्वपक्षीय सहमति



वीरगंज । वीरगन्जमा भएको घटनाका दोषीमाथि कारबाही गर्ने र समाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा आइतबार भएको सर्वपक्षीय भेलामा ५ बुँदे सहमति भएको हो । भेलापछि भएको निर्णयमा घटनामा संलग्न दोषीहरुमाथि विस्तृत छानविन गरी कारबाही गर्ने, सामाजिक सदभाव र सहिष्णुता कायम राख्ने, घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचार तथा क्षतिको क्षतिपूर्तीका लागि प्रशासनले पहल गर्ने विषय उल्लेख छ ।


शनिबार अपरान्ह ५ शोभायात्रामा निस्केको समूहमाथि वीरगन्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो । झडपमा मोटरसाइकल र पसलको फ्रिज बाहिर निकालेर आगजनी भएको थियो।झडप नियन्त्रण गर्न प्रहरीले ५ सेलअश्रुग्यास प्रहार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here