वीरगञ्जमा कर्फ्युको समय थप



वीरगंज । पर्साको वीरगञ्जमा क्षेत्रमा लगाइएको कर्फ्यु आदेश आइतबार राति १२ बजेसम्मका लागि लम्बिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यान्ह सूचना जारी गर्दै राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरिएको जानकारी दिएका छन् ।


पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कफ्र्यु आदेश जारी गरिएको छ । शनिवार हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि कफ्र्यू आदेश जारी गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here