वायु प्रदूषण: आज काठमाडौँ विश्वकै दोस्रो नम्बरमा, दिल्ली पहिलो



काठमाडौँ । काठमाडौँमा आइतबार पनि वायु प्रदूषण बढेको छ । काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा देखिएको छ। बिहान ७ बजे  काठमाडौँको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ ।

दिल्लीको एक्यूआई दुई सय ४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको दुई सय सात रहेको छ । बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाडौँको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो । एक्यूआई दुई सय भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।


वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरू बताउँछन् । एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।

वायु प्रदूषणले वृद्ध वृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घ रोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here