

काठमाडौँ । गत शुक्रबार कोटेश्वरस्थित भाटभटेनीमा लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा भाटभटेनीले पराजुलीलाई नगदसहित सम्मान गरेको हो । त्यस्तै कार्यक्रममा अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरिएको छ । यसैगरी सोही बेला ड्युटीमा अर्का थप दुई जनालाई पनि २५ हजारका दरले सम्मान गरेको छ ।


यसैगरी कमर्चारीहरुलाई सम्मान गरिएको थियो । सुपरमार्केटमा अध्यक्ष मीनबहादुर गुरुङले पुरस्कारसहित उनीहरुलाई सम्मान गरेका हुन् ।
पुरस्कृत पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको प्रतिकार अहिले सामाजिक सञ्जालमा भाइरल छ । लुटपाट र तोडफोडबाट करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ ।
