राप्रपालाई भृकुटीमण्डपमा प्रदर्शन तथा आमसभा गर्न नदिइने



काठमाडौं । जिल्ला प्रशान कार्यालय काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भृकुटीमण्डपमा प्रदर्शन तथा बृहत आमसभामा गर्न नदिने भएको छ । राप्रपाले आगामी चैत २६ गते भृकुटीमण्डपमा प्रदर्शन तथा आमसभाको कार्यक्रम राखेको थियो । सुरक्षा संवेदनशीलता देखाउँदै जिल्ला प्रशासन कार्यालयले राप्रपालाई उक्त स्थानमा विरोध प्रदर्शन गर्न दिन नसकिने बताएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिफल चौर वा बल्खुमा प्रदर्शनको लागि स्थान उपलब्ध गराउन सकिने जिल्ला प्रशासन कार्यालयले बताएको छ । ‘अन्य आन्दोलनका कार्यक्रमहरु (शिक्षकहरुको आन्दोलन, राष्ट्रिय जनमोर्चाको कार्यक्रमलगायत पूर्वनिर्धारित कार्यक्रमहरु पनि) भइरहेको हुँदा सुरक्षा संवेदनशीलताको हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्नु उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णयसमेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयअनुसार अनुरोध छ,’– जिल्ला प्रशासन कार्यालयले पत्रमार्फत भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here