राजतन्त्र फर्काउँछौं भन्नु र वीरेन्द्रकाे वंश फर्काउँछौं भन्नु एउटै हो : युवराज ज्ञवाली



कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले राजतन्त्र फर्काउने कुनै सम्भावना नरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आज धनगढीमा आयोजना गरेको विशेष सभामा बोल्दै उनले राजा फर्काउछौँ भन्नु र वीरेन्द्र शाहको वंश फर्काउँछौँ भन्नु एउटै रहेको बताए ।


उनले राजाको शासन र जनताको शासनबीच तुलना गर्न आग्रह गर्दै राजाले जनतामाथी दमनबाहेक केही नगरेको धारणा व्यक्त गरे । पूर्वराजाले जनभावना विपरीत बोलेर देशमा अराजकता मचाउन खोजेको भन्दै उनले जनमतको कदर गर्न आग्रह गरे ।