रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख दिने गुरुङको घोषणा



काठमाडौँ । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले १५ चैतमा राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनामा ज्यान गुमाए दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सवारी मजदुर सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत दिने घोषणा गरका हुन् ।


आज बुधबार कोटेश्वर भाटभटेनीमा आयोजित कार्यक्रममा गुरुङले रजक र महर्जनको परिवारलाई उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

कोटेश्वर भाटभटेनीमा सोही दिन भएको तोडफोड र लुटपाट गर्न आएको समूहसँग प्रतिकार गरेका सुरक्षागार्डहरू सहित अन्य कर्मचारीलाई गुरुङ नगद पुरस्कारबाट सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here