यात्रु नभएको भन्दै भैरहवाबाट चार वायुसेवा कम्पनीद्वारा अन्तर्राष्ट्रिय उडान स्थगन



काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ चारवटै वायुसेवा कम्पनीले उडान स्थगन गरेका छन्।

लोड नभएको (यात्रु उपलब्धता कम भएको) भन्दै जजिरा एयरवेज, थाइ एयर एसिया, कतार एयरवेज र फ्लाई दुबईले मंगलबार (अप्रिल १) देखि उडान स्थगन गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।


यसअघि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्याक्सी वे’ निर्माणका लागि १० घण्टा बन्द भएपछि पाँच वटा कम्पनीले भैरहवातर्फ उडान सुरु गरेका थिए।

कात्तिकदेखि कतार, थाई एयर एसिया, जजिरा, फ्लाइ दुबई र नेपाल एयरलाइन्स गरी पाँच वटा वायुसेवाले नियमित उडान थालेका थिए।

तर अहिले चारवटा अन्तर्राष्ट्रिय वायुसेवाले उडान रोकेका छन्। त्यस्तै नेपाल एयरलाइन्सले भने सातामा एउटा उडान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here