बालाजु औद्योगिक क्षेत्रमा अगालागी, नियन्त्रणको प्रयास जारी



काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको एक कारखानामा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार औद्योगिक क्षेत्रभित्रको एक प्लाष्टिक कारखानामा आगलागी भएको हो । अहिले आगलागी नियन्त्रणको प्रयास जारी रहेको बताइएको छ ।


आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगिसकेको छ ।