फोहोर नगरी आन्दोलन गरेकोमा शिक्षकलाई बालेनले दिए धन्यवाद



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर नगरी आन्दोलन गरेकोमा शिक्षकलाई धन्यवाद दिएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत मेयर साहले फोहर नगरी आन्दोलन गरेको भन्दै शिक्षकहरुलाई धन्यवाद दिएका हुन् । मेयर साहले कसैलाई जरिवाना तिराउन भन्दा पनि सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर चेतनाको विकास होस् भन्ने महानगरको चाहना रहेको उल्लेख गरे ।


उनले लेखेका छन्, ‘प्रीय तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काइ गरिदिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here