

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तीनकुनेको हिंसात्मक घटनाको सम्बन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई सो घटनाका सम्बन्धमा सोधपुछ गर्न समितिमै बोलाउन माग गरेका हुन् ।
‘पूर्वराजा ज्ञानेन्द्रलाई यो समितिमा बोलाऔं । समितिमा बोलाएर हामीले सोधौं । यो मानवअधिकार उल्लङ्घनको घटना हो कि हाईन ? तपाईँले गरेको हो कि हाईन ? तपाईँ एउटा नागरिकको हैसियतले यो घटना गर्न पाउनुहुन्छ ? के हो यो कुरा ? यसका बारेमा पनि छलफल गर्न आवश्यक छ,’– उनले भने ।


अराजकता र अमानवीय व्यवहार गर्ने कसैलाई पनि छुट दिन नसकिने उनले बताए । संविधान र कानुनको नजरमा सबै बराबरी रहेको उनले बताए ।
