पञ्जाव किंग्सको लगातार दोस्रो जित, लखनउ ८ विकेटले पराजित



काठमाडौं । जारी आइपिएल अन्तर्गत पञ्जाव किंग्सले लगातार दोस्रो खेल जितेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले लखनउ सुपर जाइन्टलाई ८ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १७२ रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले १६.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।


पञ्जावको जितमा प्रभसिमरन सिंहले सर्बाधिक ६९ रन बनाए भने कप्तान श्रेयस अय्यरले अविजित ५२ रन बनाएका थिए । त्यस्तै नेहाल वढेराले अविजित ४३ रन बनाएका थिए । त्यस्तै लखनउका बलर दिग्भेस राठीले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

लखनउका लागि निकोलस पुरनले सर्बाधिक ४४ रन बनाए भने आयुष बदानीले ४१ रन, एडेन मार्क्रमले २८, अब्दुल समादले २७ रन बनाएका थिए ।

त्यस्तै अर्शदीप सिंहले ३ विकेट लिए भने लुकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जानसेन र युजवेन्द्र चहलले एक एक विकेट लिएका थिए ।

यो पञ्जावको यस सिजनमा लगातार दोस्रो जित हो । यो जितपछि पञ्जावको २ खेलमा ४ अंक भएको छ । त्यस्तै लखनउको भने यो ३ खेलमा दोस्रो हार हो ।

त्यसैगरी आज आइपिएल अन्तर्गत रियल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच खेल हुदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here