

बीबीसी । अमेरिकाको न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहीबार न्युयोर्क सिटीको हडसन नदीमा हेलिकप्टर खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
हेलिकप्टर असन्तुलित हुँदै नदीमा खसेको थियो । हेलिकप्टरमा तीन बालबालिकासहित ६ जना सवार रहेकोमा सबैको मृत्यु भएको न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिएका छन् ।


हेलिकप्टरले म्यानहट्टनको स्काइलाइन हुँदै उत्तरतर्फ उडान भरेको र त्यसपछि स्ट्याच्यु अफ लिबर्टीतर्फ फर्कने क्रममा दुर्घटना भएको थियो ।
