

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंका तिनकुनेमा भएको जनधनको क्षतिबाट दुःख व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गरी पूर्वराजाले घटनामा भएको मानवीय तथा भौतिक क्षतिबाट दुःख व्यक्त गरेका हुन् ।


उनले भनेका छन्, ‘केही दिनअघि भएको जनप्रदर्शनमा हिंसा, आगजनी भयो त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ ।’
उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो वाद नहुने पनि बताएका छन्। उनले भनेका छन्, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो वाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो–नराम्रो जनगुनासो वा राम्रो सुन्ने परम्परा र संस्कार हुन्छ।’
उनले जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ।’ यसैगरी पूर्वराजा शाहले जनतामा जागरूकता पैदा हुनु भने सकारात्मक रहेको बताएका छन्।
